Brightwood Adult Day Care को एक वर्षे यात्रा: सम्मान, साथ र खुशीको उत्सव
Bhutan Khabar
Writer at Bhutan Khabar

आज यहाँ Brightwood Adult Day Care को स्थापना भएको एक वर्ष पूरा भएको खुसीयालीमा, एक वर्षे वार्षिकोत्सव मनाउन तपाईंहरूसँग भेला हुन पाउँदा हामी सबैको मन खुशीले भरिएको छ। यो अवसर केवल संस्थाको जन्मदिन मात्र होइन, एक वर्षभरि सँगै हाँसेका, सिकेका, रमाएका र विश्वासको सम्बन्ध बनाएका सम्झनाहरूको उत्सव हो। तपाईं सबैको उपस्थितिले आजको कार्यक्रम अझ अर्थपूर्ण बनेको छ।
पछिल्लो एक वर्षमा Brightwood Adult Day Care ले आमाबुबाहरूको सामाजिक, मानसिक र भावनात्मक सशक्तिकरणका लागि विविध गतिविधिहरू सञ्चालन गरेको छ। आमाबुबालाई चलचित्र हल लगिएको थियो, जहाँ धेरैका लागि यो जीवनकै पहिलो अनुभव बन्यो। कतिपय आमाबुबाले भुटान छोडेपछि दशकौँपछि चलचित्र हलमा बसेर फिल्म हेर्ने अवसर पाएको अनुभव साझा गर्नुभयो, जसले सबैलाई भावुक बनायो।
त्यसैगरी, मन्दिर दर्शन कार्यक्रमले आमाबुबालाई मानसिक शान्ति र सन्तुष्टि प्रदान गर्यो। जंगल वाकका क्रममा धेरै आमाबुबाले भुटानका जंगलमा बिताएका आफ्ना पुराना सम्झनाहरू ताजा भएको अनुभव व्यक्त गर्नुभयो। साथै, डे केयर परिसरमै आमाबुबाहरूको रुचिअनुसार दैनिक खेलकुद तथा मनोरञ्जनात्मक गतिविधिहरू सञ्चालन गरिएका छन्।
स्वास्थ्य चेतनालाई प्राथमिकतामा राख्दै Brightwood मा विभिन्न शैक्षिक कार्यक्रमहरू आयोजना गरिएका छन्। डा. खेम अधिकारी र डा. भुवन गौतमद्वारा मधुमेह, रक्तचापलगायत स्वास्थ्यसम्बन्धी विषयमा जानकारीमूलक सत्र सञ्चालन गरिएको थियो। साथै, त्रिवेणी साहित्य मञ्च, Harrisburg को कविता वाचन कार्यक्रमले आमाबुबालाई मनोरञ्जन र भावनात्मक सन्तुलन प्रदान गरेको छ।
आमाबुबाबाट प्राप्त प्रतिक्रियाअनुसार, यहाँ आएपछि उहाँहरूले आफ्नै उमेर समूहका साथीहरू भेट्ने, कुराकानी गर्ने र अनुभव बाँड्ने अवसर पाउनुभएको छ। यसले उहाँहरूलाई एक्लोपन, उदासी र चिन्ताबाट टाढा राख्न सहयोग गरेको छ। धेरै आमाबुबाले यहाँ नियमित रूपमा आउँदा आफूलाई शारीरिक तथा मानसिक रूपमा ताजा महसुस गर्ने बताउनुभएको छ।
आमाबुबाको स्वास्थ्यलाई ध्यानमा राख्दै Brightwood Adult Day Care मा हरेक दिन ताजा र सन्तुलित खाना उपलब्ध गराइन्छ, साथै चिया र कफीको सुविधा पनि प्रदान गरिएको छ।
अन्त्यमा, Brightwood Adult Day Care ले आज एक वर्षको यात्रा पूरा गर्न सक्नुमा तपाईं सबैको विश्वास, सहयोग र साथ अमूल्य रहेको छ। आमाबुबामाथि विश्वास गरेर उहाँहरूलाई हाम्रो जिम्मा दिनु भएकोमा सम्पूर्ण परिवारजनप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।
Brightwood Adult Day Care—जहाँ आमाबुबाले सम्मान, साथ र खुशी पाउनुहुन्छ।
धन्यवाद। 🙏
Netra Acharya
Comments (0)
You need to be logged in to comment
Login to CommentNo comments yet. Be the first to comment!
Related Articles

PREMIUM





