Bhutan Khabar Logo
HomeLatestAbout
Sign InSubscribe
Bhutan Khabar Logo

Bhutan Khabar

Land of the Thunder Dragon

Your trusted source for authentic news and stories from Bhutanese diaspora. Committed to delivering accurate, timely, and culturally relevant journalism.

Quick Links

Latest NewsCultureEnvironmentLocal BusinessLocal News Nepal NewsAbout Us

Services

SubscribeAdvertise With UsContact UsLoginSearch

Contact

Bhutan Khabar

Online

+7174567890
news@bhutankhabar.com

Daily Newsletter

© 2026 Bhutan Khabar. All rights reserved. Designed and developed by GorkhaTech
About UsSettingsDashboardLatest News
    Back to News
    Local BusinessARTICLEFeatured

    Brightwood Adult Day Care को एक वर्षे यात्रा: सम्मान, साथ र खुशीको उत्सव

    BK

    Bhutan Khabar

    Writer at Bhutan Khabar

    December 20, 2025
    3 min read
    14,663 views
    0 likes
    0 comments
    Brightwood Adult Day Care को एक वर्षे यात्रा: सम्मान, साथ र खुशीको उत्सव
    Ad
    Welcome to Brightwood Adult Day Care

    आज यहाँ Brightwood Adult Day Care को स्थापना भएको एक वर्ष पूरा भएको खुसीयालीमा, एक वर्षे वार्षिकोत्सव मनाउन तपाईंहरूसँग भेला हुन पाउँदा हामी सबैको मन खुशीले भरिएको छ। यो अवसर केवल संस्थाको जन्मदिन मात्र होइन, एक वर्षभरि सँगै हाँसेका, सिकेका, रमाएका र विश्वासको सम्बन्ध बनाएका सम्झनाहरूको उत्सव हो। तपाईं सबैको उपस्थितिले आजको कार्यक्रम अझ अर्थपूर्ण बनेको छ।

    पछिल्लो एक वर्षमा Brightwood Adult Day Care ले आमाबुबाहरूको सामाजिक, मानसिक र भावनात्मक सशक्तिकरणका लागि विविध गतिविधिहरू सञ्चालन गरेको छ। आमाबुबालाई चलचित्र हल लगिएको थियो, जहाँ धेरैका लागि यो जीवनकै पहिलो अनुभव बन्यो। कतिपय आमाबुबाले भुटान छोडेपछि दशकौँपछि चलचित्र हलमा बसेर फिल्म हेर्ने अवसर पाएको अनुभव साझा गर्नुभयो, जसले सबैलाई भावुक बनायो।

    त्यसैगरी, मन्दिर दर्शन कार्यक्रमले आमाबुबालाई मानसिक शान्ति र सन्तुष्टि प्रदान गर्‍यो। जंगल वाकका क्रममा धेरै आमाबुबाले भुटानका जंगलमा बिताएका आफ्ना पुराना सम्झनाहरू ताजा भएको अनुभव व्यक्त गर्नुभयो। साथै, डे केयर परिसरमै आमाबुबाहरूको रुचिअनुसार दैनिक खेलकुद तथा मनोरञ्जनात्मक गतिविधिहरू सञ्चालन गरिएका छन्।

    स्वास्थ्य चेतनालाई प्राथमिकतामा राख्दै Brightwood मा विभिन्न शैक्षिक कार्यक्रमहरू आयोजना गरिएका छन्। डा. खेम अधिकारी र डा. भुवन गौतमद्वारा मधुमेह, रक्तचापलगायत स्वास्थ्यसम्बन्धी विषयमा जानकारीमूलक सत्र सञ्चालन गरिएको थियो। साथै, त्रिवेणी साहित्य मञ्च, Harrisburg को कविता वाचन कार्यक्रमले आमाबुबालाई मनोरञ्जन र भावनात्मक सन्तुलन प्रदान गरेको छ।

    आमाबुबाबाट प्राप्त प्रतिक्रियाअनुसार, यहाँ आएपछि उहाँहरूले आफ्नै उमेर समूहका साथीहरू भेट्ने, कुराकानी गर्ने र अनुभव बाँड्ने अवसर पाउनुभएको छ। यसले उहाँहरूलाई एक्लोपन, उदासी र चिन्ताबाट टाढा राख्न सहयोग गरेको छ। धेरै आमाबुबाले यहाँ नियमित रूपमा आउँदा आफूलाई शारीरिक तथा मानसिक रूपमा ताजा महसुस गर्ने बताउनुभएको छ।

    आमाबुबाको स्वास्थ्यलाई ध्यानमा राख्दै Brightwood Adult Day Care मा हरेक दिन ताजा र सन्तुलित खाना उपलब्ध गराइन्छ, साथै चिया र कफीको सुविधा पनि प्रदान गरिएको छ।

    अन्त्यमा, Brightwood Adult Day Care ले आज एक वर्षको यात्रा पूरा गर्न सक्नुमा तपाईं सबैको विश्वास, सहयोग र साथ अमूल्य रहेको छ। आमाबुबामाथि विश्वास गरेर उहाँहरूलाई हाम्रो जिम्मा दिनु भएकोमा सम्पूर्ण परिवारजनप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।

    Brightwood Adult Day Care—जहाँ आमाबुबाले सम्मान, साथ र खुशी पाउनुहुन्छ।

    धन्यवाद। 🙏

    Netra Acharya

    Ad
    Golden Home Care

    Golden Home Care

    We believe families make the best caregivers Providing care and assistance within the familiar environment of one's residence offers a sense of comfort and security for individuals in need of support.

    Learn More

    Comments (0)

    You need to be logged in to comment

    Login to Comment

    No comments yet. Be the first to comment!

    Related Articles

    Trump Mocks Canada–China Trade, Jokes China Would “End Hockey” and Kill Stanley Cup
    Local BusinessFeatured
    Trump Mocks Canada–China Trade, Jokes China Would “End Hockey” and Kill Stanley Cup
    BKBhutan Khabar
    •
    Feb 10, 2026
    176
    0
    Bhutan’s Urban Youth Struggle to Find Jobs Despite Higher Education
    Local BusinessFeatured
    Bhutan’s Urban Youth Struggle to Find Jobs Despite Higher Education
    BKBhutan Khabar
    •
    Jan 26, 2026
    277
    0
    People Urge Rabi and Balen to Focus on Winning Seats, Not Just Challenging Oli, Deuba, and Prachanda
    Local BusinessFeatured
    People Urge Rabi and Balen to Focus on Winning Seats, Not Just Challenging Oli, Deuba, and Prachanda
    BKBhutan Khabar
    •
    Dec 26, 2025
    12,974
    0
    Brightwood Adult Day Care: Where Yoga Keeps Parents Active and Stress-FreePREMIUM
    Local BusinessFeatured
    Brightwood Adult Day Care: Where Yoga Keeps Parents Active and Stress-Free
    BKBhutan Khabar
    •
    Nov 20, 2025
    3,851
    0
    Dadhi Subedi new Auto Shop
    Local BusinessFeatured
    Dadhi Subedi new Auto Shop
    BKBhutan Khabar
    •
    Nov 17, 2025
    3,776
    0
    Suraj Budathoki Calls for Peace and Reconciliation Through Historic HR25 Resolution
    Local News Featured
    Suraj Budathoki Calls for Peace and Reconciliation Through Historic HR25 Resolution
    BKBhutan Khabar
    •
    Feb 16, 2026
    153
    0
    Ad
    Derry shopping center