जन्मदिनको खुसीलाई सेवामा बदलेर बाढीपीडित १२८ परिवारलाई राहत
शर्माले भन्नुभयो, “हामी शरणार्थी हुँदा नेपालले नै हामीलाई शरण दिएको थियो। हाम्रा पुर्खालाई नेपालले आश्रय दिएको इतिहास हामीले बिर्सेका छैनौँ। हाम्रो मन, भावना, भाषा र सम्बन्ध नेपालसँग जोडिएको छ। नेपाल र नेपालीलाई परेको दुःख हामीलाई पनि परेको दुःख हो। त्यसैले यस्तो बेला हामीले सकेको सहयोग गर्न पछि हट्दैनौँ।”
Kebal Chhetri
Writer at Bhutan Khabar

जन्मदिनको खुसीलाई सेवामा बदलेर बाढीपीडित १२८ परिवारलाई राहत
झापा । जन्मदिनलाई तडकभडक र व्यक्तिगत उत्सवमा सीमित नराखी झापा निवासी रामचन्द्र चापागाईं र तारा शर्माले विपद्मा परेका परिवारलाई सहयोग गर्दै मानवीय सेवाको उदाहरण प्रस्तुत गर्नुभएको छ। उहाँहरूले आफ्नो जन्मदिनको अवसरमा नुवाकोट र रसुवाका बाढीप्रभावित १२८ परिवारलाई आवश्यक घरायसी राहत सामग्री प्रत्यक्ष रूपमा पुगेर हस्तान्तरण गरी फर्किनुभएको छ।

बाढीबाट प्रभावित परिवारहरूको तत्कालीन आवश्यकता र पुनर्स्थापनालाई ध्यानमा राख्दै उहाँहरूले भाँडाकुँडा, लत्ताकपडा तथा दैनिक उपभोग्य घरायसी सामग्री वितरण गर्नुभएको हो। व्यक्तिगत खुसीलाई समाजसेवासँग जोड्दै विपद्मा परेका नागरिकको पीडामा साथ दिने उद्देश्यले यसपटक जन्मदिनको पार्टी नगरी प्रभावित परिवारसम्म सहयोग पुर्याइएको उहाँहरूले बताउनुभयो।
राहत वितरणको उद्देश्य केवल सामग्री हस्तान्तरण गर्नु नभई विपद्को समयमा आफूहरू नेपाली समाज र नेपाली नागरिकसँगै रहेको अनुभूति दिलाउनु पनि रहेको उहाँहरूको भनाइ छ।

शर्माले भन्नुभयो, “हामी शरणार्थी हुँदा नेपालले नै हामीलाई शरण दिएको थियो। हाम्रा पुर्खालाई नेपालले आश्रय दिएको इतिहास हामीले बिर्सेका छैनौँ। हाम्रो मन, भावना, भाषा र सम्बन्ध नेपालसँग जोडिएको छ। नेपाल र नेपालीलाई परेको दुःख हामीलाई पनि परेको दुःख हो। त्यसैले यस्तो बेला हामीले सकेको सहयोग गर्न पछि हट्दैनौँ।”
उहाँले जन्मदिनलाई यसपटक आफ्नै खुसीका लागि मात्र नभई विपद्मा परेका परिवारका लागि सहारा बन्ने अवसरका रूपमा लिएको बताउनुभयो।
उहाँको भनाइमा, “यो पटकको जन्मदिन पार्टीका लागि होइन, परेको ठाउँमा सहारा बन्नका लागि हो। आफ्नो खुसीलाई अरूको मुस्कानसँग जोड्न सकियो भने त्यसभन्दा ठूलो उत्सव अरू के हुन सक्छ र?”
राहत सामग्री वितरणपछि प्रभावित परिवारको मुहारमा देखिएको खुसीले आफूहरूलाई थप प्रेरणा दिएको उहाँहरूको भनाइ छ। चापागाईंले भन्नुभयो, “आफ्नो खुसीलाई अरूको मुस्कानसँग जोडौँ—सहयोग नै मानवताको सुन्दर रूप हो। बाढीपीडित परिवारको मुहारमा थोरै भए पनि राहत र खुसी ल्याउन पाउँदा हामीलाई खुसी लागेको छ।”

नुवाकोट र रसुवाका बाढीप्रभावित १२८ परिवारलाई प्रत्यक्ष रूपमा राहत सामग्री पुर्याएर फर्किएका चापागाईं र शर्माको कार्यको प्रभावित परिवार तथा स्थानीयवासीले प्रशंसा गर्दै आभार व्यक्त गरेका छन्।
व्यक्तिगत उत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै गरिएको यस पहलले विपद्को समयमा मानवीयता, सहकार्य र आपसी सम्बन्धको महत्वलाई समेत उजागर गरेको छ।
Comments (0)
You need to be logged in to comment
Login to CommentNo comments yet. Be the first to comment!
Related Articles

अमेरिकाको ओमाहा, नेब्रास्कामा सेप्टेम्बर ११ देखि १३ सम्म भुटानी समुदायका चार संस्थाको संयुक्त आयोजनामा ‘भुटानी संयुक्त वार्षिक सम्मेलन २०२६’ हुँदैछ। सम्मेलनमा शिक्षा, भाषा, साहित्य, संगीत, संस्कृति, स्वास्थ्य तथा संस्थागत सहकार्यका विषयमा छलफलसँगै सांगीतिक कार्यक्रम, भुटानी मेला र तीज उत्सवलगायतका कार्यक्रम आयोजना गरिनेछ।

कार्यक्रम: पेन्सिलभेनियाको ह्यारिसबर्गस्थित Organization for Hindu Religion and Culture (OHRC) ले भुटानी-अमेरिकी युवाहरूका लागि वासिङ्टन डिसीस्थित युएस कंग्रेस क्यापिटल (US Congress Capitol) को शैक्षिक भ्रमण आयोजना गरेको छ। उद्देश्य: युवाहरूलाई अमेरिकी सरकार, शासन प्रणाली र कानुन निर्माण प्रक्रियाबारे प्रत्यक्ष जानकारी गराएर उनीहरूलाई ज्ञान र चेतनामूलक रूपमा सक्षम बनाउनु। युवाहरूको प्रतिक्रिया: अमेरिकी प्रशासनिक प्रणाली बुझ्न पाएकामा युवाहरू उत्साहित भएका छन् भने आगामी दिनमा ह्वाइट हाउस भ्रमण गर्ने इच्छा व्यक्त गरेका छन्। संस्थाको परिचय (OHRC): पेन्सिलभेनियामा रहेका भुटानी-अमेरिकी समुदायको धार्मिक, सांस्कृतिक तथा सामाजिक संस्था हो, जसले मन्दिर स्थापना, वैदिक शिक्षा, नेपाली भाषा प्रवर्द्धन, सामाजिक सेवा र युवा नेतृत्व विकासमा काम गर्दै आएको छ।

भुटानी शरणार्थी शिविरहरूबाट पुनर्स्थापना भई अमेरिका पुगेका नेपाली भाषी भुटानी समुदायद्वारा सञ्चालित 'साहारा सेवा समाज परिवार' मानवीय सेवामा एउटा उदाहरणीय संस्था बनेको छ। कुल भुजेलको नेतृत्वमा रहेको यस संस्थाले कोभिड-१९ को संकट, झापा र मोरङका शिविरहरूमा विपन्न परिवारको 'मरण-हरण' मा आर्थिक राहत, तथा कला-संस्कृति (मेरो कविता रियालिटी शो) को प्रवर्द्धनमा अतुलनीय योगदान पुर्याउँदै आएको छ।

ब्राजिलका स्टार खेलाडी नेयमार फेरि चोटग्रस्त भएका छन्। विश्वकपअघि लागेको पिँडुलाको चोटले ब्राजिल टोली र समर्थकलाई चिन्तित बनाएको छ। प्रारम्भिक रिपोर्टअनुसार चोट गम्भीर नभए पनि उनको फिटनेस अवस्थामाथि निगरानी भइरहेको छ।

भूटानी नेपाली साहित्य, समाजसेवा र सांस्कृतिक संरक्षणमा समर्पित पातलो अन्तरे (लिलाधर अधिकारी) ले साहित्यिक सिर्जना, शिक्षा तथा सामाजिक नेतृत्वमार्फत विश्वभरका नेपाली भाषी समुदायलाई जोड्ने महत्त्वपूर्ण भूमिका निभाउँदै आउनुभएको छ। उहाँ हाल विश्व भूटानी साहित्यिक संगठन (GBLO) का अध्यक्ष हुनुहुन्छ र विभिन्न साहित्यिक तथा सामाजिक संस्थामार्फत सक्रिय योगदान दिइरहनुभएको छ।

Robert Lewandowski ले क्लब फुटबलमा सबै कुरा जिते, तर World Cup glory अझै बाँकी छ। 2026 मा उनी अनुभव, नेतृत्व र goal-scoring power सहित अन्तिम पटक World Cup मा चम्किन तयार देखिन्छन्।


