ह्यारिसबर्गमा ‘सङ्गालो’ सम्पन्न नयाँ पुस्ताले सुनाए पुर्खाको संघर्ष र विस्थापनका कथा
Kebal Chhetri
Writer at Bhutan Khabar

ह्यारिसबर्गमा ‘सङ्गालो Reading for


































Resilience’ भव्य रूपमा सम्पन्न नयाँ पुस्ताले सुनाए विस्थापन संघर्ष र पहिचानका कथा
ह्यारिसबर्ग पेन्सिलभेनिया सेप्टेम्बर ५ २०२६ क्रियमाणा फाउन्डेसनको आयोजनामा भुटानी नेपाली समुदायका बालबालिका तथा युवालाई नेपाली भाषा साहित्य संस्कृति इतिहास र समुदायका जीवन अनुभवसँग जोड्ने उद्देश्यले आयोजित वार्षिक कथा वाचन कार्यक्रम ‘सङ्गालो Reading for Resilience’ शनिबार ह्यारिसबर्गमा सम्पन्न भएको छ। 6300 Chambers Hill Road मा बिहान १०:३० बजेदेखि आयोजित कार्यक्रममा दुई समूहमा विभाजित २४ जना बालबालिका तथा युवाले नेपाली भाषामा कथा वाचन गर्दै आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। कार्यक्रमको मूल उद्देश्य अमेरिकामा जन्मिएका तथा हुर्किरहेका नयाँ पुस्तालाई नेपाली भाषा पढ्न र बोल्न प्रोत्साहित गर्नुका साथै उनीहरूलाई आफ्नो समुदायको संस्कृति इतिहास संघर्ष र अघिल्लो पुस्ताका जीवन अनुभवसँग जोड्नु रहेको थियो। क्रियमाणा फाउन्डेसनले बालबालिका तथा युवालाई अतिरिक्त सिकाइ साहित्यिक तथा सांस्कृतिक गतिविधिमा सहभागी गराउँदै आएको छ। संस्थाका अध्यक्ष भरत तिम्सिनाको नेतृत्वमा सञ्चालन भइरहेका यस्ता कार्यक्रमले नयाँ पुस्तालाई मातृभाषाप्रति आकर्षित गर्नुका साथै समुदायसँगको सम्बन्ध बलियो बनाउन सहयोग पुर्याएको सहभागीहरूको भनाइ थियो।
यसपटकका कथाहरूको केन्द्रमा मनोरञ्जनभन्दा बढी इतिहास विस्थापन शरणार्थी जीवन भाषा र पहिचान थिए। कथाहरूले भुटान छोड्नुपर्दाको पीडा देशविहीन बन्नुपरेको अवस्था जेल जीवनका कठिन अनुभव नेपालका शरणार्थी शिविरमा बिताएका वर्ष पुनर्वासपछि बदलिएको जीवन र पुरानो तथा नयाँ पुस्ताबीच बढ्दै गएको भाषा तथा सांस्कृतिक दूरीजस्ता विषयलाई समेटेका थिए। यसले अमेरिकामा हुर्किरहेको पुस्तालाई आफूले प्रत्यक्ष नभोगेको आफ्नै समुदायको इतिहास कथामार्फत बुझ्ने अवसर दिएको थियो। कार्यक्रमका केही प्रस्तुतिहरू विशेष भावुक बने। आयुष धितालले भुटान छोडेर शरणार्थी जीवनतर्फ जानुपर्दाको पीडादायी यात्रासँग सम्बन्धित कथा प्रस्तुत गरे भने आयुषा चापागाईंले जन्मभूमि भुटान छोड्दाको विछोड र पीडालाई आफ्नो प्रस्तुतिमा उतारिन्। दिप्सिका घिमिरेको प्रस्तुतिले जेल जीवनको पीडा तथा भाषा र पहिचानसँग जोडिएको संघर्षलाई समेटेको थियो। अस्लेशा तिम्सिनाले पुरानो र नयाँ पुस्ताबीच देखिँदै गएको सोच भाषा संस्कृति र जीवनशैलीको अन्तरसँग सम्बन्धित विषय प्रस्तुत गरिन्। त्यसैगरी दिव्या घिमिरेले प्रस्तुत गरेको कथामा भुटान छोड्ने क्रममा एक वृद्धले आफ्नो झोलामा जन्मभूमिको माटो र भुटानी नागरिकताको कागज बोकेर हिँडेको तथा लामो समय शरणार्थी शिविरमा बिताउँदा समेत ती वस्तुलाई मातृभूमि स्मृति र पहिचानको चिनोका रूपमा जोगाएर राखेको मार्मिक प्रसंग समेटिएको थियो। यस्ता कथाले पुरानो पुस्तालाई आफ्ना भोगाइ सम्झाउने मात्र नभई नयाँ पुस्तालाई परिवार र समुदायको विगतबारे बुझ्ने अवसरसमेत प्रदान गरेका थिए।
कार्यक्रमका सहभागी २४ प्रतियोगीमध्ये पहिलो समूहमा Saugat Timsina Aakshan Acharya Saina Khatiwada Syon Khatiwoda Prajna Gautam Himanshi Dhital Ayusha Khatiwoda Aahan Adhikari Sahasramshu Subedi Roshna Odari Himakshi Dhital र Roshil Koirala रहेका थिए। दोस्रो समूहमा Aslesha Timsina Ayush Dhital Ayusha Chapagai Dipsika Ghimire Divya Ghimire Grishma Timsina Jessica Dhakal Kaustuv Rizal Reshma Odari Saina Gautam Shristika Dhakal र Tejeswi Pradhan सहभागी थिए। दुवै समूहका सहभागीले नेपाली भाषामा आत्मविश्वासका साथ कथा प्रस्तुत गरेका थिए भने वरिष्ठ समूहका प्रस्तुतिमा कथाको भाव इतिहास र पात्रहरूको अनुभूतिलाई प्रभावकारी रूपमा अभिव्यक्त गरिएको थियो।
प्रतियोगितालाई दुई उमेर समूहमा विभाजन गरी छुट्टाछुट्टै मूल्यांकन र पुरस्कारको व्यवस्था गरिएको थियो। प्रत्येक समूहमा प्रथम हुनेलाई ४०० अमेरिकी डलर द्वितीयलाई ३०० डलर र तृतीयलाई २०० डलर प्रदान गरिएको थियो। यसअनुसार दुवै समूहका छ जना विजेतालाई कुल १,८०० डलर पुरस्कार प्रदान गरिएको थियो। नगद पुरस्कारले प्रतिस्पर्धालाई उत्साहपूर्ण बनाए पनि कार्यक्रमको मुख्य उपलब्धि बालबालिकाले नेपाली भाषामा पढ्ने बुझ्ने अभ्यास गर्ने र सार्वजनिक रूपमा प्रस्तुत गर्ने अवसर प्राप्त गर्नु रहेको थियो। प्रतियोगिताको निर्णायक मण्डलमा पं. हेम धिताल धर्मेन्द्र तिम्सिना गंगा लामिटारे निशा लीला द्रौपदी प्रधान मुस्कान बालम्पाकी तिला आचार्य र टीका राम राई रहेका थिए। उनीहरूले सहभागीहरूको भाषा उच्चारण अभिव्यक्ति कथाको भाव ग्रहण गर्ने क्षमता र समग्र प्रस्तुतिका आधारमा मूल्यांकन गरेका थिए। कार्यक्रमअघि सार्वजनिक गरिएको निर्णायक सूचीमा अर्जुन रसाइलीको नाम रहे पनि कार्यक्रममा उनको स्थानमा धर्मेन्द्र तिम्सिना निर्णायकका रूपमा सहभागी भएका थिए।
सङ्गालोका लागि कथाहरू समुदायसँग सम्बन्धित विभिन्न साहित्यकार तथा लेखकहरूले तयार गरेका थिए। तीमध्ये भरत तिम्सिना गंगा लामिटारे ओम घिमिरे टीका ढुंगाना विष्णु लुइँटेल दिपेश चापागाईं निशा लीला गोविन्द हुमागाईं द्रौपदी प्रधान शेखर काकु जे.एन. दाहाल रिमेन आलोक देवी तिम्सिना पातलो अन्तरे भक्त घिमिरे मधु घिमिरे देवी दाहाल दागाने र राम कार्कीलगायत लेखकका रचनाहरू समावेश थिए। यसअघि प्रकाशित विवरणमा ‘झोले बाजे’ ‘देश गुमेको दिन’ र ‘भाषाको मलामी’ जस्ता शीर्षकका कथासमेत समेटिएका थिए। ती रचनाहरूको साझा धागो समुदायको इतिहास विस्थापन भाषा स्मृति र पहिचान थियो।
कार्यक्रमको सञ्चालन पातलो अन्तरेले गरेका थिए। उनले कथा वाचनका विभिन्न चरण प्रतियोगी र निर्णायकबीचको क्रमलाई जोड्दै कार्यक्रमलाई सहज र रोचक ढंगले अगाडि बढाएका थिए। आफैं साहित्य सिर्जनासँग जोडिएका अन्तरेको उपस्थितिले कथा साहित्य र कार्यक्रम सञ्चालनबीच थप आत्मीयता ल्याएको थियो। सहभागी तथा उपस्थित व्यक्तिहरूका लागि दिउँसोको खाना लन्च को समेत व्यवस्था गरिएको थियो जसले प्रतियोगितासँगै समुदायका सदस्यबीच भेटघाट र अन्तरक्रियाको अवसर सिर्जना गरेको थियो। कार्यक्रमलाई HACC Central Pennsylvania’s Community College Utz समुदायका अगुवा तथा अभिभावकहरूले सहयोग गरेका थिए। कार्यक्रमको समाचार तथा गतिविधिलाई Bhutanese News र Bhutan Khabar ले समेत कभर गरेका थिए। यसले स्थानीय स्तरमा भइरहेको भाषा तथा सांस्कृतिक संरक्षणको प्रयासलाई समुदायको फराकिलो घेरासम्म पुर्याउन सहयोग गरेको थियो।
कार्यक्रममा भुटानी समुदायका विभिन्न पुस्ताका अगुवा तथा सामाजिक व्यक्तित्वहरूको समेत उपस्थिति थियो। Bhutanese Community of Harrisburg BCH का संस्थापक तथा प्रथम अध्यक्ष टीका ढुंगाना पूर्व अध्यक्ष तिलक निरौला वर्तमान अध्यक्ष युवराज कोइराला तथा प्रकाश ढुंगाना Tikaando Master लगायत समुदायका व्यक्तित्वहरू कार्यक्रममा उपस्थित थिए। उनीहरूको उपस्थितिले नयाँ पुस्ताको भाषा साहित्य र सांस्कृतिक गतिविधिप्रति समुदायको समर्थनलाई प्रतिबिम्बित गरेको थियो। अभिभावकहरूको सहभागिता पनि कार्यक्रमको महत्वपूर्ण पक्ष रह्यो। आफ्ना छोराछोरीले नेपाली भाषामा समुदायका इतिहास र जीवनसँग जोडिएका कथा सार्वजनिक रूपमा प्रस्तुत गरेको हेर्न पाउँदा धेरै अभिभावक उत्साहित देखिएका थिए। अमेरिकामा हुर्किरहेका बालबालिकालाई नेपाली भाषा सिकाइराख्नु चुनौतीपूर्ण बन्दै गएको अवस्थामा उनीहरूलाई तयारी गराउने कार्यक्रममा ल्याउने र नेपाली भाषामा प्रस्तुति दिन प्रोत्साहित गर्ने अभिभावकको भूमिकाले कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण योगदान पुर्याएको थियो।
“Our Story Our Strength | Our Memories Our Future | Our Struggles Our Legacy” भन्ने मूल भाव बोकेको ‘सङ्गालो’ अन्ततः एउटा कथा वाचन प्रतियोगितामा मात्र सीमित रहेन। भुटानबाट विस्थापन नेपालमा लामो शरणार्थी जीवन र त्यसपछि अमेरिकामा पुनर्वाससम्मको एउटा पुस्ताको इतिहास अहिले अमेरिकामा जन्मिएका तथा हुर्किरहेका बालबालिकाले नेपाली भाषामै पढ्नु बुझ्नु र आफ्नै आवाजमा सुनाउनु यसको महत्वपूर्ण उपलब्धि बनेको छ। यस अर्थमा ‘सङ्गालो’ले पुरानो पुस्ताको स्मृति र नयाँ पुस्ताको भविष्यबीच एउटा सांस्कृतिक सेतु निर्माण गर्ने प्रयास गरेको देखियो। एउटा पुस्ताले भोगेको पीडा र संघर्ष अर्को पुस्ताले कथाका रूपमा पढ्दा नेपाली भाषा सिक्ने अभ्याससँगै आफ्नो इतिहास कहाँबाट सुरु भयो परिवारले कस्तो यात्रा पार गर्यो र आफ्नो सांस्कृतिक पहिचान किन महत्वपूर्ण छ भन्ने बुझ्ने अवसरसमेत प्राप्त भएको छ। यही पुस्तान्तरण नै ‘Reading for Resilience’ को सबैभन्दा अर्थपूर्ण उपलब्धिका रूपमा देखिएको छ।
Comments (0)
You need to be logged in to comment
Login to CommentNo comments yet. Be the first to comment!
Related Articles








