Bhutan Khabar Logo
HomeLatestAbout
Sign InSubscribe
Bhutan Khabar Logo

Bhutan Khabar

Land of the Thunder Dragon

Your trusted source for authentic news and stories from Bhutanese diaspora. Committed to delivering accurate, timely, and culturally relevant journalism.

Quick Links

Latest NewsBhutanese refugee camp CultureEnvironmentLocal BusinessLocal News About Us

Services

SubscribeAdvertise With UsContact UsLoginSearch

Contact

Bhutan Khabar

Online

+7174567890
news@bhutankhabar.com

Daily Newsletter

© 2026 Bhutan Khabar. All rights reserved. Designed and developed by GorkhaTech
About UsSettingsDashboardLatest News
    Back to News
    Nepal NewsARTICLE

    हर्क सम्पाङको दाबी : “हामी दुई फाटा”, प्रधानमन्त्री बालेन साहलाई संसदमा बोलाउन माग

    सांसद हर्क सम्पाङले संसदमा प्रधानमन्त्री बालेन साहलाई उपस्थित गराई जवाफ दिन लगाउन माग गरेका छन्। सभामुखले उनको माग स्वीकार नगरेपछि सम्पाङ बैठक छाडेर बाहिरिएका थिए। त्यसपछि उनले “यो देशमा दुईवटा फाटा छन्, एउटा हर्क सम्पाङ र अर्को प्रधानमन्त्री बालेन साह” भन्दै आफ्नो असन्तुष्टि सार्वजनिक गरेका छन्।

    KC

    Kebal Chhetri

    Writer at Bhutan Khabar

    May 30, 2026
    2 min read
    202 views
    0 likes
    0 comments
    हर्क सम्पाङको दाबी : “हामी दुई फाटा”, प्रधानमन्त्री बालेन साहलाई संसदमा बोलाउन माग
    Ad
    Golden Home Care

    काठमाडौं — सांसद हर्क सम्पाङले संसद बैठकमा प्रधानमन्त्री बालेन साहलाई उपस्थित गराई जवाफ दिन लगाउनुपर्ने माग गरेका छन्। बैठकको सुरुवातदेखि केही सांसदहरूले प्लेकार्ड प्रदर्शन गर्दै विरोध गरिरहेका बेला सम्पाङले सभामुखमार्फत प्रधानमन्त्रीलाई संसदमा बोलाउन आग्रह गरेका थिए।

    संसद बैठकका क्रममा उनले सभामुखलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन साहलाई रुलिङ गरेर संसदमा बोलाउन वा आफूलाई नै रुलिङ गरेर संसदबाट बाहिर निकाल्न आग्रह गरेका थिए। तर सभामुखले यस्तो अभ्यास अहिलेसम्म नभएको भन्दै उनको माग स्वीकार नगरेपछि सम्पाङ संसद बैठक छाडेर बाहिरिएका थिए।

    संसद भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै सम्पाङले भने, “यो देशमा अहिले दुईवटा फाटा छन्, एउटा हर्क सम्पाङ र अर्को प्रधानमन्त्री बालेन साह। मैले सभामुखलाई प्रधानमन्त्रीलाई संसदमा बोलाएर जवाफ दिन लगाउनुस्, होइन भने मलाई यहाँ बस्न नपर्ने गरी निर्णय गरिदिनुस् भनेको थिएँ। तर त्यो मानिएन, त्यसैले म आफैं संसदबाट बाहिरिएँ।”

    सम्पाङको “हामी दुई फाटा” भन्ने अभिव्यक्ति यतिबेला राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ। प्रधानमन्त्रीको जवाफदेहिता, संसदको भूमिका र संसद सञ्चालन शैलीबारे उनको टिप्पणीले नयाँ बहस सुरु गरेको छ। यद्यपि यस विषयमा प्रधानमन्त्री बालेन साह वा उनको पक्षबाट कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन।

    Ad
    Welcome to Brightwood Adult Day Care

    Welcome to Brightwood Adult Day Care

    Brightwood Adult Day Care is a trusted and compassionate adult day program located in the heart of Harrisburg, Pennsylvania.

    Learn More

    Comments (0)

    You need to be logged in to comment

    Login to Comment

    No comments yet. Be the first to comment!

    Related Articles

    निर्दोष कोख र शरणार्थीको ट्याग: भुटानी शरणार्थी बालबालिकाको दर्दनाक यथार्थ
    Nepal News
    निर्दोष कोख र शरणार्थीको ट्याग: भुटानी शरणार्थी बालबालिकाको दर्दनाक यथार्थ

    "बालअधिकारसम्बन्धी महासन्धि (CRC) ले भन्छ— 'बालबालिका कुनै देश वा सीमाका मात्र हुँदैनन्, उनीहरू साझा हुन्।' तर विडम्बना, हाम्रो कोखबाट जन्मिएका निर्दोष बालबालिकाहरू सोझै शरणार्थी बनेर जन्मन बाध्य छन्।"

    KCKebal Chhetri
    •
    Sep 20, 2026
    90
    0
    यहाँ पहिले फोन गरेर सोध्नुपर्छ, “तिमी कहिले free छौ?” अनि calendar हेरेर जवाफ आउँछ, “सायद अर्को Saturday।” तर मनको पीडाले Saturday पर्खन्छ भन्ने कहाँ छ र?
    Nepal NewsFeatured
    यहाँ पहिले फोन गरेर सोध्नुपर्छ, “तिमी कहिले free छौ?” अनि calendar हेरेर जवाफ आउँछ, “सायद अर्को Saturday।” तर मनको पीडाले Saturday पर्खन्छ भन्ने कहाँ छ र?
    KCKebal Chhetri
    •
    Sep 6, 2026
    383
    0
    $2,000 Raised by Harrisburg Gurkhas Volleyball Club for Nepal Disaster Relief
    Nepal NewsFeatured
    $2,000 Raised by Harrisburg Gurkhas Volleyball Club for Nepal Disaster Relief
    KCKebal Chhetri
    •
    Sep 6, 2026
    91
    0
    नेपालका बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै ह्यारिसबर्गमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभा
    Nepal News
    नेपालका बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै ह्यारिसबर्गमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभा
    KCKebal Chhetri
    •
    Sep 1, 2026
    354
    0
    सरकारको २०८२/८३ बजेट : पूर्वाधार, कृषि, रोजगारी र डिजिटल नेपालमा विशेष जोड
    Nepal News
    सरकारको २०८२/८३ बजेट : पूर्वाधार, कृषि, रोजगारी र डिजिटल नेपालमा विशेष जोड

    सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्बभन्दा बढीको बजेट सार्वजनिक गर्दै पूर्वाधार विकास, कृषि, रोजगारी, शिक्षा, स्वास्थ्य तथा डिजिटल सेवामा विशेष प्राथमिकता दिएको छ। बजेटमार्फत सडक, ऊर्जा, खानेपानी, आईटी र निजी क्षेत्र प्रवर्द्धनका कार्यक्रम अघि सारिएका छन्।

    KCKebal Chhetri
    •
    May 29, 2026
    280
    0
    Why International Media Keeps Calling Balen Shah a “Rappe
    Nepal NewsFeatured
    Why International Media Keeps Calling Balen Shah a “Rappe
    BKBhutan Khabar
    •
    Mar 9, 2026
    763
    0
    Ad
    Creative Home Care