Bhutan Khabar Logo
HomeLatestAbout
Sign InSubscribe
Bhutan Khabar Logo

Bhutan Khabar

Land of the Thunder Dragon

Your trusted source for authentic news and stories from Bhutanese diaspora. Committed to delivering accurate, timely, and culturally relevant journalism.

Quick Links

Latest NewsCultureEnvironmentLocal BusinessLocal News Nepal NewsAbout Us

Services

SubscribeAdvertise With UsContact UsLoginSearch

Contact

Bhutan Khabar

Online

+7174567890
news@bhutankhabar.com

Daily Newsletter

© 2026 Bhutan Khabar. All rights reserved. Designed and developed by GorkhaTech
About UsSettingsDashboardLatest News
    Back to News
    Local News ARTICLEFeatured

    गण्डकीपुत्र ।आज योर्कमा हिउँ पर्यो

    BK

    Bhutan Khabar

    Writer at Bhutan Khabar

    December 8, 2025
    7 min read
    29,340 views
    0 likes
    0 comments
    गण्डकीपुत्र ।आज योर्कमा हिउँ पर्यो
    Ad
    Welcome to Brightwood Adult Day Care

    बिगतदेखि वर्तमानसम्म ।

    गण्डकीपुत्र ।

    आज योर्कमा हिउँ पर्यो । पेन्सिलभेनिया राज्यको राजधानी ह्यारिसबर्गबाट गाडीमा ३० मिनट दक्षिणको यो सानो शहरको ग्रामिण क्षेत्रमा म बस्छु । बिहान उठेर झ्यालको पर्दा खोले । सारा संसार सेताम्मे थियो । अब केही समय कम्तिमा तीन महिना यो जङ्गल , बाटो र चौर हिउँले ढाकिन्छ । बाहिर गाडी हेरे हिउँ भित्र त्यो आफ्नो आकृती लिएर उभिएको छ । आजै केही अफिसियल काम गर्नु थियो । नागरिकता खोजे , भेटिन । एउटा पँहेलो खाममा नागरिकता र पासपोर्ट थियो । भएका सारा पुस्तकका दराज , लुगा फाटो सारा पन्छाए कतै फेला परेन । छिमेकी साथीसँग केहिदिन अगाडि स्टेट आइ डि मा ठेगाना परिवर्तन गर्न गएको थिए। जाँदा पासपोर्ट लिएर गएको थिए त्यतै छोडिएछ कि मन बेचैन भयो । आफू गाडी नचलाउने उबर यस्तो बेला आउँछ कि आउदैन , अन्यौल भयो । उबर एप्समा गएर जानुपर्ने ठेगाना टाइप गरे । करिव २ मिनट पछाडी उबर सम्पर्क भयो तर आधा घन्टा पर्खनु पर्ने । अन्यौल भयो , कसो गरौ के गरौं ? गर्दागर्दै उबर क्यन्सिल गरें । आजको हिउँ चिप्लो छ अरे किन जानु पर्यो भनेर मेरी जीवन साथी निर्मला गनगन गर्दै थिइन । क्यान्सिल गरेर ठिकै गरेकी जस्तो लाग्यो ।

    अब केही समय बाहिर निस्कने अबस्था बन्दैन । त्यसै त म बाहिर ,निस्कन त्यति मन गर्दिन । कतै कार्यक्रम छ भने गयो होइन भने घरमै बस्यो । कान्छी नातिनी छन् । उनले जे गरेपनी राम्रो लाग्छ । मेरो छेउमा आएर के के सोधेर हैरान पार्छिन तर रमाइलो लाग्छ । छल कपट स्वार्थ नभएको उनको नेपाली बोल्ने तरिका मजाको छ । प्रष्ट नेपाली बोल्छिन । कुनैकुनै अङ्ग्रेजी शब्द हुन्छ म बुझ्दिन । उनी मैले बुझोस भनेर उच्चारण प्रष्ट पार्न खोज्छिन । त्यस्तो बेला उनको अनुहार यति माया लाग्दो हुन्छ म भावुक जस्तो हुन्छु र ठुली नातिनीको सहारा लिन्छु । ठुली नातिनीको नेपाली लवज अङ्ग्रेजी भै सकेको छ । उनी आफ्नी बैनीले भनेको कुरा अर्थ्याउन अनेक उदाहरण दिन्छिन । जब कुरा बुझ्छु कान्छीको अनुहारमा चमक देखिन्छ । सम्झन्छु शंकर लामिछनेको निबन्ध । उनले वास्तवमा हामीले लेख्ने सत्य र सुन्दर बस्तु हाम्रै वरिपरि छन । तिनको सौन्दर्य र गहिराई बुझेर लेख्न पाए कस्तो काव्य जन्मिले थियो होला । हामी आफुलाई विद्वान भएको रवाफ देखाउन अरु देशका कुराको सहारा लिन्छौ कि ? या त भयङ्कर लेखेको भ्रममा रमाउछौ ।

    कवि सीमा आभाषको पुस्तक महायुग आइपुगेको छ । केही साथीहरुले पुस्तकको लागि सूचना गर्नु भएको छ । केही साथीहरूलाई मैले नै पढ्न आग्रह गरेको छु । अहिले नेपालमा महायुग पुस्तकका बारेमा चर्चा परिचर्चाका कार्यक्रम भइरहेका छन । यो पुस्तक अलि फुर्सद मिलाएर पढ्ने सोच बनाउँदै छु । सीमाको पुस्तक आएपछी बिराटनगर सम्झिए । जहाँ मेरो लेखनले लेखनको जग निर्माण गर्यो । जहाँ उभिएर कहिले प्रेमका गजल र कैले बिद्रोहका कविता लेख्ने र प्रस्तुत गर्ने अभ्यास गरियो । मधु दाइको गजल , रामबाबु दाइको बौद्धिक तर्क , खेम नेपालीको साँस्कृतिक चेत , सीमा आभाषको आगो बिद्रोह , शुभ लक्ष्मीको कलात्मक खवरदारी , ज्योती जङ्गलको भावुक र गम्भीर शैली , विवश पोख्रेलको परिहास र सशक्त प्रस्तुती , रमेशचन्द्र अधिकारीको युवा चेतना , प्रयाग न्यौपानेको नाटकिय प्रस्तुती , उमेश लुइटेलको हृदयबाट निस्किएको कला यी सबैले आल्हादित बनाइ रहन्छ । कुनकुनै बेला लाग्छ जाउँ साँझमा गएर पाञ्चाली तिरको कुनै कवि कुनामा बसेर सबैका कुरा सुनौ र हराउ त्यही भिडमा ।कार्यक्रममा त म यहाँपनी सहभागी हुन्छु तर यहाँ कार्यक्रममा गयो आफ्नो रचना सुनायो फर्कियो । त्यहाँजस्तो यहाँ तेरो आजको कविता यो भएन त्यो भएन भन्ने कोहि छैन न आफैं कसैलाई यो कविता यसो गरे अझ सुन्दर हुन्थ्यो भन्ने हिम्मत गर्छु । त्यहाँ जसरी साहित्यका बिषयमा यहाँ म कसैसँग चर्को बहस गर्दिन । अमेरिकाको साहित्यिक समाजले आलोचना सहजै स्विकारेको पाइन्न । चुपचाप लेख्नु र बहस गर्दै लेख्नु सायद फरक बिषय हो ।

    बिहान उठेर हराएको पासपोर्ट अस्ति गएको अफिसमा छुट्यो कि खोज्नु छ । अमेरिकामा कसैको समान या मोबाइल कतै अफिसमा रेष्टुरेण्टमा , या कुनै कफि सपमा छुट्यो भने हराउदैन । कतै कतै आक्कल झुक्कल नभेटिएला नभए भेटिन्छ । त्यो दिन मेरो पहिलेको ठेगाना परिवर्तन गरि नयाँ ठेगानाको राज्यको परिचय पत्र लिनु थियो । अफिसमा गएर लाइनमा उभिएँ । मेरो पालो आएपछी सोधपुछका लागि बसेको कर्मचारिले सोध्यो , किन आएको ? मैले ठेगाना परिवर्तन गर्नु छ भनेको एउटा फर्म दियो । फर्म भरेर पालो कुरेर बसें । मेरो पालो आएपछी आफुले भरेको फर्म बुझाएँ । ४२ डलर लाग्छ भन्यो । पैसा दिन खोजेको लिन मानेन । अनलाइन बुझा भन्यो । मेरो कार्डमा पैसा थिएन । मसँग गएका साथीले अनलाइन पैसा तिरिदिए । मैले उनलाई नगद दिए । काउन्टरको कर्मचारिले ५ मिनट पर्खी भन्यो । ५ मिनटमा नयाँ कार्ड लिएर फर्किएँ। त्यही बेला पासपोर्टको फाइल त्यही छुटेको होला भन्ने लागेको छ ।

    अहिले ह्यारिसबर्गमा साथीहरु मिलेर एउटा अनलाइन खबर पत्रीका निकाल्ने तयारी गर्दैछन क्यार । पत्रीका पहिले नै दर्ता भएको तर नियमित हुन नसकेकोले अब नियमित गर्ने कुरा हुँदैछ , कुनै साथीले फोन गरेर भन्दै थिए । केही साथीहरु नयाँ काम गर्नलागे मलाई सुनाउछन । यसो त अमेरिकामा बिभिन्न वान्किका अनलाइन पत्रीकाहरु सकृय छन । यिनका पाठक कति छन सहि तथ्याङ्क त छैन तर पनि यी पत्रीका फेसबुक खोल्ने बित्तिकै फेसबुकका भित्ताहरुमा देखिन्छन । म बि सं २०५८ देखि मात्र पत्रीकामा जोडिए । एक स्तम्भ लेखकका रुपमा । बिराटनगरबाट निस्कने दैनिक पत्रीकामा प्रतेक शनिबार एउटा लेख दिनु पर्थ्यो । म बिशेष कला , साहित्यका बारेमा लेख्थें । यो क्रम दुई बर्ष चल्यो । स्तम्भ लेख्न थालेपछी अन्य लेखन पातलो भएको महशुस गरेर त्यो काम छोडी दिए । कलम चलाए वापत पैसा पाएको पनि त्यही समय हो । अमेरिका आएको ५ बर्ष पछि केही लेख समाज टाइम्स अनलाइन पत्रीकामा प्रकाशित भए । बिष्णुहरी घिमिरे यसका प्रधान संपादक र उनी पुराना परिचित मित्र भएकोले पनि लेखहरु दिन मन लाग्यो । पेन्सिलभेनियाको ह्यारिसबर्ग आएपछी यहाँको साहित्यिक सकृयता देखेपछी केही लेख्न जाँगर पनि लागेको हो ।

    ह्यारिसबर्ग बस्न थालेपछी मैले सघनरुपमा नेपाली भाषी भूटानीसँग नजिकहुने अवसर पाए । साच्चै भन्ने हो भने मैले भूटान सुनेको मात्र थिएँ नेपालमा हुँदा । ह्यारिसबर्ग आएपछी नै भूटानबाट निर्वासित नेपालीहरुको सङ्गतले भूटान चिन्ने अबस्था बन्यो । भूटानी नेपालीले लेखेका केही पुस्तक अध्ययन गर्ने अवसर मिल्यो । दन्किदो भुटानदेखि पछिल्लो प्रकाशित पुस्तक पर्दा पछाडीको भुटानसम्मका पुस्तकले भूटानी नेपाली जातीको त्याग समर्पण , संघर्षको कथा इतिहास र निर्वाशित हुनुपरेको ब्यथाका बारेमा जानकारी गराउँछन । ह्यारिसबर्गमा नेपाली र नेपाली भाषी भूटानीहरुको संख्या उल्लेखनियरुपमा रहेको छ । यहाँ आएपछी पत्रकार भक्त घिमिरेको सङ्गतले भूटानलाई बुझ्न अझ सजिलो भयो । समाजको गतिशीलता त्यहाँ हुने विविध क्रियाकलापले निर्धारण गर्छ । यसरी हेर्दा ह्यारिसबर्गको नेपाली र नेपाली भाषी भूटानी समाज सकृय देखिन्छ । यहाँ साहित्यिक र साँस्कृतिक कार्यक्रमहरु , धार्मिक चाडपर्वहरु उत्साहका साथ एकताबद्ध भएर मनाइन्छन । दशैं , तिहार , तिज , ल्होछारहरु , तमु ल्होछार , सोनाम ल्होसार , उधौली , उभौलीका चण्डी नाचहरु , रोदि , बुद्ध जयन्ती , कृष्ण जन्माष्टमी , देवकोटा जयन्ती , भानु जयन्ती जस्ता उत्सब यस सन्दर्भमा उल्लेखनिय पर्बहरु हुन । एक जातीले अर्को जातीको धर्म संस्कृतीलाई महत्वका साथ सम्मान गरेको पाइन्छ । आज अब यति नै भयो लेखाइ । कहिलेकाही आफ्नो बिगत र वर्तमान एकै चोटि मनमा आउदो रहेछ । साथमा जे उपलब्ध छ त्यसैकासाथ हिड्नु जीवनको नियती हो क्यार ? सायद म त्यही गर्ने कोशिस गर्दैछु ।

    Ad
    GoekhaTech

    GoekhaTech

    Services are professional offerings provided by businesses to meet specific needs or solve problems for their customers. Services can range from your budject.

    Learn More

    Comments (0)

    You need to be logged in to comment

    Login to Comment

    No comments yet. Be the first to comment!

    Related Articles

    OAG Charges Rapper Cutie in Paro Stabbing Case
    Local News Featured
    OAG Charges Rapper Cutie in Paro Stabbing Case
    BKBhutan Khabar
    •
    Apr 13, 2026
    330
    0
    भूटानी–अमेरिकी समुदायमा बढ्दो आत्महत्या संकट
    Local News Featured
    भूटानी–अमेरिकी समुदायमा बढ्दो आत्महत्या संकट
    BKBhutan Khabar
    •
    Apr 13, 2026
    125
    0
    I grew up learning the language of silence before I learned how to use my own voice.
    Local News Featured
    I grew up learning the language of silence before I learned how to use my own voice.
    BKBhutan Khabar
    •
    Mar 2, 2026
    236
    0
    GBLO Collaboration Brings Emotional Literary Evening to Harrisburg
    Local News Featured
    GBLO Collaboration Brings Emotional Literary Evening to Harrisburg
    BKBhutan Khabar
    •
    Mar 1, 2026
    320
    0
    Mental illness is not small, temporary, or easy to overcome. It is a silent, relentless battle that  many people fight every day.
    Local News Featured
    Mental illness is not small, temporary, or easy to overcome. It is a silent, relentless battle that many people fight every day.
    BKBhutan Khabar
    •
    Mar 1, 2026
    1,482
    0
    भक्ति थरले होइन, निष्ठाले चिनियोस् फुलमाया गुरुङको मन्तव्य
    Local News Featured
    भक्ति थरले होइन, निष्ठाले चिनियोस् फुलमाया गुरुङको मन्तव्य
    BKBhutan Khabar
    •
    Mar 1, 2026
    279
    0
    Ad
    Derry shopping center