Bhutan Khabar Logo
HomeLatestAbout
Sign InSubscribe
Bhutan Khabar Logo

Bhutan Khabar

Land of the Thunder Dragon

Your trusted source for authentic news and stories from Bhutanese diaspora. Committed to delivering accurate, timely, and culturally relevant journalism.

Quick Links

Latest NewsCultureEnvironmentLocal BusinessLocal News Nepal NewsAbout Us

Services

SubscribeAdvertise With UsContact UsLoginSearch

Contact

Bhutan Khabar

Online

+7174567890
news@bhutankhabar.com

Daily Newsletter

© 2026 Bhutan Khabar. All rights reserved. Designed and developed by GorkhaTech
About UsSettingsDashboardLatest News
    Back to News
    Nepal NewsARTICLEFeatured

    धनीको घरमा जातले वैमनस्य ल्याउँदैन, संस्कारले झगडा उत्पन्न गर्दैन, कारण—स्रोत–साधनले तनावलाई दबाइदिन्छ।

    BK

    Bhutan Khabar

    Writer at Bhutan Khabar

    December 1, 2025
    3 min read
    24,648 views
    0 likes
    0 comments
    धनीको घरमा जातले वैमनस्य ल्याउँदैन, संस्कारले झगडा उत्पन्न गर्दैन, कारण—स्रोत–साधनले तनावलाई दबाइदिन्छ।
    Ad
    Creative Home Care

    आर्थिक अवस्था र पारिवारिक शान्ति : जात–धर्मभन्दा ठूलो वास्तविकता

    संसारमै जुनसुकै देश, समुदाय वा धर्मका मानिस किन नहोस्, एउटा कुरा सबैमा समान देखिन्छ—आर्थिक स्थिरता हुँदा घर–परिवारमा स्वतः शान्ति, सद्भाव र मर्यादा बस्छ। पैसा नै सबै कुरा होइन, तर पैसा नहुँदा हुने तनाव, बेरोजगारीबाट जन्मिने विवाद र अभावले ल्याउने मानसिक बोझ राम्रो संग सबैले भोगेका छन्।

    यदि परिवार आर्थिक रूपमा सक्षम छ, धन–सम्पत्ति प्रशस्त छ, र सबै सदस्य आफ्नो–आफ्नो जिम्मेवारीमा व्यस्त छन् भने त्यो परिवार भाग्यमानी, स्थिर र सुखी मानिन्छ। यस्तो घरमा जात, धर्म वा संस्कृतिको फरकले खासै ठूलो समस्याहरू ल्याउँदैन। किनकि जब पेट भरिएको हुन्छ, मनमा तानाबाना कम हुन्छ, बोलाइमा संयमता रहन्छ, अनि घर–व्यवहार पनि सहज चल्छ।

    तर विपरीत अवस्था—जब घरमा पैसा कम छ, बेरोजगारीले सबैलाई च्यापेको छ, र भविष्यको चिन्ताले मन फाटिरहेको छ,

    त्यो बेला भने चार जना सदस्य भए पनि चार दिशामा फर्केर बस्ने अवस्था आउँछ।

    त्यतिखेर जात कहाँ पुग्छ? धर्म कहाँ टिक्छ? संस्कार की भत्त्व?

    सबैभन्दा अगाडि उठ्ने नाम हो—आर्थिक संघर्ष।

    हामीले हाम्रा गुठियारहरूलाई, छिमेकी नेवार परिवारहरूलाई, बहुन, क्षेत्री, तमाङ, मगर, र अन्य जात–जातिका घरहरूलाई नजिकबाट हेरिरहेका छौँ।

    धनीको घरमा जातले वैमनस्य ल्याउँदैन, संस्कारले झगडा उत्पन्न गर्दैन, कारण—स्रोत–साधनले तनावलाई दबाइदिन्छ।

    तर आर्थिक कमजोरी भएको घरमा सानै कुराले आगो बल्छ।

    जाँड, खार, रुसा–कुसा झैँ–झैँ झगडा;

    घरभित्र असन्तुलन;

    आफन्तसँग दूरी;

    बालबालिकासँग आक्रोश—यी सबै आर्थिक दवाबका संकेत हुन्।

    आफ्नै आँखाले देखेको कुरा हो—

    धन भए परिवार मिल्छ, मन जोडिन्छ,

    अभाव भए मन टुट्छ, व्यवहार बिग्रन्छ।

    धनले सबै समस्या समाधान गर्दैन तर समस्याहरूलाई शान्त पार्ने ठूलो क्षमता दिन्छ।

    हामीले समाजका धेरै जातजाति, समुदाय र परिवारहरूमा एउटै कथा दोहोरिएको देखेका छौँ—

    जातले होइन, आर्थिक स्थिरताले घरको भविष्य निर्धारण गर्छ।

    धर्मले होइन, रोजगारीले परिवारलाई बुट्ट्याउँछ।

    संस्कारले होइन, आम्दानीले व्यवहारलाई सहज बनाउँछ।

    तसर्थ, परिवारको शान्ति र एकता बचाइराख्न सबैभन्दा ठूलो आवश्यकता भनेकै—

    आफ्नो परिवारलाई आर्थिक रूपमा सक्षम बनाउने प्रयास,

    रोजगारीमा केन्द्रित हुनु,

    सदस्यहरूबीच जिम्मेवारी बाँडफाँड,

    र जीवनलाई स्थिर बनाउने योजनाहरू।

    जात–धर्मले समाज बनाउँछ, तर

    पारिवारिक शान्ति, सन्तुलन र खुसी—यी सबै आर्थिक स्थिरतामा टिकेका छन्।

    यसमा कुनै शंका छैन।

    Ad
    Welcome to Brightwood Adult Day Care

    Welcome to Brightwood Adult Day Care

    Brightwood Adult Day Care is a trusted and compassionate adult day program located in the heart of Harrisburg, Pennsylvania.

    Learn More

    Comments (0)

    You need to be logged in to comment

    Login to Comment

    No comments yet. Be the first to comment!

    Related Articles

    हर्क सम्पाङको दाबी : “हामी दुई फाटा”, प्रधानमन्त्री बालेन साहलाई संसदमा बोलाउन माग
    Nepal News
    हर्क सम्पाङको दाबी : “हामी दुई फाटा”, प्रधानमन्त्री बालेन साहलाई संसदमा बोलाउन माग

    सांसद हर्क सम्पाङले संसदमा प्रधानमन्त्री बालेन साहलाई उपस्थित गराई जवाफ दिन लगाउन माग गरेका छन्। सभामुखले उनको माग स्वीकार नगरेपछि सम्पाङ बैठक छाडेर बाहिरिएका थिए। त्यसपछि उनले “यो देशमा दुईवटा फाटा छन्, एउटा हर्क सम्पाङ र अर्को प्रधानमन्त्री बालेन साह” भन्दै आफ्नो असन्तुष्टि सार्वजनिक गरेका छन्।

    KCKebal Chhetri
    •
    May 30, 2026
    108
    0
    सरकारको २०८२/८३ बजेट : पूर्वाधार, कृषि, रोजगारी र डिजिटल नेपालमा विशेष जोड
    Nepal News
    सरकारको २०८२/८३ बजेट : पूर्वाधार, कृषि, रोजगारी र डिजिटल नेपालमा विशेष जोड

    सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्बभन्दा बढीको बजेट सार्वजनिक गर्दै पूर्वाधार विकास, कृषि, रोजगारी, शिक्षा, स्वास्थ्य तथा डिजिटल सेवामा विशेष प्राथमिकता दिएको छ। बजेटमार्फत सडक, ऊर्जा, खानेपानी, आईटी र निजी क्षेत्र प्रवर्द्धनका कार्यक्रम अघि सारिएका छन्।

    KCKebal Chhetri
    •
    May 29, 2026
    193
    0
    Why International Media Keeps Calling Balen Shah a “Rappe
    Nepal NewsFeatured
    Why International Media Keeps Calling Balen Shah a “Rappe
    BKBhutan Khabar
    •
    Mar 9, 2026
    608
    0
    २०६३ पछि नेपाल: परिवर्तनको नाममा अस्थिरता, भ्रष्टाचार र अधुरो लोकतन्त्र 	राजसंस्था हट्यो, तर भ्रष्टाचार संस्थागत बन्यो
    Nepal NewsFeatured
    २०६३ पछि नेपाल: परिवर्तनको नाममा अस्थिरता, भ्रष्टाचार र अधुरो लोकतन्त्र राजसंस्था हट्यो, तर भ्रष्टाचार संस्थागत बन्यो
    BKBhutan Khabar
    •
    Dec 27, 2025
    33,583
    0
    ओलीको अहंकार, देउवाको अकर्मण्यता र दोहोरिँदै गएको राजनीतिक दुर्घटना
    Nepal NewsFeatured
    ओलीको अहंकार, देउवाको अकर्मण्यता र दोहोरिँदै गएको राजनीतिक दुर्घटना
    BKBhutan Khabar
    •
    Dec 26, 2025
    28,800
    0
    ओली–थापा प्रभावको आरोपबीच पनि न्याय जीवित रह्यो
    Nepal NewsFeatured
    ओली–थापा प्रभावको आरोपबीच पनि न्याय जीवित रह्यो
    BKBhutan Khabar
    •
    Dec 22, 2025
    28,404
    0
    Ad
    Golden Home Care