Bhutan Khabar Logo
HomeLatestAbout
Sign InSubscribe
Bhutan Khabar Logo

Bhutan Khabar

Land of the Thunder Dragon

Your trusted source for authentic news and stories from Bhutanese diaspora. Committed to delivering accurate, timely, and culturally relevant journalism.

Quick Links

Latest NewsCultureEnvironmentLocal BusinessLocal News Nepal NewsAbout Us

Services

SubscribeAdvertise With UsContact UsLoginSearch

Contact

Bhutan Khabar

Online

+7174567890
news@bhutankhabar.com

Daily Newsletter

© 2026 Bhutan Khabar. All rights reserved. Designed and developed by GorkhaTech
About UsSettingsDashboardLatest News
    Back to News
    PoliticsNEWS

    बल्खु सुकुम्बासी बस्ती घटनाप्रति रास्वपा सांसद मनिष खनालको गहिरो चिन्ता, “विस्थापन होइन सुरक्षित व्यवस्थापन” मा जोड

    सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष खनालले काठमाडौंको बल्खु किनारामा भएको सुकुम्बासी बस्ती व्यवस्थापनका क्रममा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नवलपुर–२ बाट निर्वाचित सांसद खनालले शुक्रबार राति सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै राज्यका लागि प्रत्येक नागरिकको जीवन र आत्मसम्मान सर्वोच्च विषय भएको उल्लेख गरेका छन्। उनले “विस्थापन होइन, सुरक्षित व्यवस्थापन” को मान्यतालाई प्राथमिकता दिनुपर्ने बताउँदै बल्खु घटनालाई दुःखद भनेका छन्। घटनाका क्रममा ६१ वर्षीय इन्द्रबहादुर राई मृत अवस्थामा फेला परेका थिए। प्रहरीका अनुसार उनी बागमती नदीले बगाएर ल्याएको अवस्थामा फेला परेका हुन्। सांसद खनालले बस्ती व्यवस्थापनका क्रममा बालबालिकाको शिक्षा, नागरिकको स्वास्थ्य र परिवारको मानसिक अवस्थाप्रति थप संवेदनशील हुनुपर्ने आवश्यकता औँल्याएका छन्। उनले सरकारलाई सुरक्षित बसोबासको लक्ष्यलाई व्यवहारमा उतार्दा “न्याय मात्र होइन, न्याय भएको अनुभूति पनि हुनुपर्छ” भन्ने मान्यतालाई मजबुत बनाउन आग्रह गरेका छन्। खनालले मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना पनि व्यक्त गरेका छन्।

    KC

    Kebal Chhetri

    Writer at Bhutan Khabar

    May 1, 2026
    2 min read
    116 views
    0 likes
    0 comments
    बल्खु सुकुम्बासी बस्ती घटनाप्रति रास्वपा सांसद मनिष खनालको गहिरो चिन्ता, “विस्थापन होइन सुरक्षित व्यवस्थापन” मा जोड
    Ad
    Derry shopping center

    सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष खनालले सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने क्रममा भएका घटनाले आफूलाई स्तब्ध बनाएको बताएका छन्।
    नवलपुर क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सांसद खनालले शुक्रबार राति फेसबुकमार्फत् आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
    उनले 'राज्यका लागि हरेक नागरिकको जीवन र आत्मसम्मान सबभन्दा अमूल्य विषय हो' भन्दै सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने क्रममा शुक्रबार भएको घटनालाई दु:खद भनेका छन्।
    शुक्रबार काठमाडौंको बल्खु किनाराको सुकुम्बासी बस्तीमा डोजर चल्दै गर्दा त्यहीँ बस्दै आएका इन्द्रबहादुर राई मृत अवस्था फेला परेका थिए। अपराह्न साढे ३ बजे ६१ वर्षीय राईको शव बागमती नदीले बगाएर ल्याएको प्रहरीले बताएको छ।
    'हामीले सधैं 'विस्थापन होइन, सुरक्षित व्यवस्थापन' को मान्यतालाई प्राथमिकता दिँदै आएका छौं। यद्यपि, एउटा बस्तीको व्यवस्थापन गर्ने क्रममा त्यहाँका बालबालिकाको पढाइ, नागरिकको स्वास्थ्य र परिवारले भोग्नुपर्ने मानसिक तनावका विषयमा हामी सबैले अझ बढी संवेदनशीलता अपनाउनुपर्ने महसुस गरेको छु,' उनले लेखेका छन्।
    उनी अगाडि लेख्छन्, 'हामी आज जुन जिम्मेवारीमा छौं, त्यो तिनै आदरणीय नागरिकको अटुट विश्वास र भरोसाकै कारण सम्भव भएको हो भन्ने तथ्यलाई हामीले सधैं हृदयमा राख्नुपर्छ।'

    'हाम्रा प्रयासहरूले कोही पनि नागरिकलाई पीडा नहोस् र सबैको आत्मसम्मानको रक्षा होस् भन्नेमा हामी सचेत छौं, रहौं। सुरक्षित बसोबासको लक्ष्य बोकेको सरकारले यसको व्यावहारिक कार्यान्वयन गर्दा 'न्याय गरेर मात्र पुग्दैन, न्याय भएको आभास पनि हुनुपर्छ' भन्ने मान्यतालाई अझ प्रगाढ बनाउँदै लैजाओस् भन्ने मेरो चाहना छ,' सांसद खनालको भनाइ छ।
    सरकारको दृष्टि सबैमा पुगोस् र यसमा सजगता अपनाउनेछ भन्ने विश्वास पनि उनले व्यक्त गरेका छन्।
    खनालले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्।

    Ad
    Creative Home Care

    Creative Home Care

    Creative Home Care is a Pennsylvania based home care and staffing services with staffs of different expertise with years of experience and dedication to enhancing the quality of life for others.

    Learn More

    Comments (0)

    You need to be logged in to comment

    Login to Comment

    No comments yet. Be the first to comment!

    Related Articles

    प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिबारे परराष्ट्रमन्त्रीको स्पष्टीकरण: नेपाल–भारत सीमा विवाद वार्ताबाटै समाधान हुने
    Politics
    प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिबारे परराष्ट्रमन्त्रीको स्पष्टीकरण: नेपाल–भारत सीमा विवाद वार्ताबाटै समाधान हुने

    प्रधानमन्त्रीको “नेपालले पनि भारतको जग्गा मिचेको छ” भन्ने विवादित अभिव्यक्तिपछि परराष्ट्रमन्त्रीले संसदमा स्पष्टीकरण दिएका छन्। उनले प्रधानमन्त्रीको भनाइ सीमा क्षेत्रमा देखिएको क्रस-बोर्डर अकुपेसन र दसगजा अतिक्रमणको प्राविधिक यथार्थसँग सम्बन्धित रहेको बताएका छन्। नेपाल–भारत सीमा विवाद द्विपक्षीय विषय भएको उल्लेख गर्दै सरकारले ऐतिहासिक सन्धि, नक्सा र कूटनीतिक वार्तामार्फत समाधान खोज्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

    KCKebal Chhetri
    •
    Jun 10, 2026
    134
    0
        आन्दोलन दमनदेखि अभिव्यक्ति नियन्त्रणसम्म: तीन पूर्वमन्त्री विवादमा
    Politics
    आन्दोलन दमनदेखि अभिव्यक्ति नियन्त्रणसम्म: तीन पूर्वमन्त्री विवादमा

    मानव अधिकार आयोगले केपी शर्मा ओली, रमेश लेखक र पृथ्वीसुब्बा गुरुङलाई मानव अधिकार उल्लंघनसम्बन्धी घटनामा कारबाही गर्न विशेष कानुन निर्माण गर्न सरकारलाई सिफारिस गरेपछि नेपालको राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ।

    KCKebal Chhetri
    •
    May 28, 2026
    143
    0
    “पहिला त बोल्न दे सरकार, अहिले त केही बोलिदे सरकार”  सुकुम्बासी बस्तीमा डोजर चलेपछि बढ्दै जनताको डर
    Politics
    “पहिला त बोल्न दे सरकार, अहिले त केही बोलिदे सरकार” सुकुम्बासी बस्तीमा डोजर चलेपछि बढ्दै जनताको डर

    सुकुम्बासी बस्तीमा डोजर चलेपछि नेपालमा सरकारको कार्यशैलीमाथि बहस चर्किएको छ। सामाजिक सञ्जालमा “बोल्न देऊ सरकार” गीत अहिले “केही त बोलिदे सरकार” भन्दै व्यंग्यात्मक रूपमा भाइरल भइरहेको छ। संसदमा Harka Sampang सहित विभिन्न नेताहरूले प्रधानमन्त्री Balen Shah सँग जवाफ मागिरहेका छन् भने जनताबीच डर र असन्तुष्टि बढ्दै गएको चर्चा भइरहेको छ।

    KCKebal Chhetri
    •
    May 22, 2026
    354
    0
    नक्कली भुटानी शरणार्थी प्रकरण: ३१ विरुद्धको मुद्दा आज फेरि पेसीमा
    Politics
    नक्कली भुटानी शरणार्थी प्रकरण: ३१ विरुद्धको मुद्दा आज फेरि पेसीमा

    नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा ३१ जनाविरुद्धको मुद्दा आज काठमाडौं जिल्ला अदालतमा पुनः पेसीमा परेको छ। तीन वर्ष बितिसक्दा पनि मुद्दाको किनारा लाग्न सकेको छैन।

    KCKebal Chhetri
    •
    May 5, 2026
    105
    0
    काठमाडौँमा अतिक्रमण व्यवस्थापन: भूमिहीनलाई सुरक्षित आवास दिने सरकारको प्रतिबद्धता
    Politics
    काठमाडौँमा अतिक्रमण व्यवस्थापन: भूमिहीनलाई सुरक्षित आवास दिने सरकारको प्रतिबद्धता

    काठमाडौँमा अतिक्रमण व्यवस्थापनबारे सरकारले भ्रम नफैलाउन आग्रह गर्दै भूमिहीन नागरिकलाई सुरक्षित र स्थायी आवास सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

    KCKebal Chhetri
    •
    May 4, 2026
    201
    0
    ३ एजेन्डाको प्रतिबद्धता: एक पूरा, दुई कार्यान्वयनमा — राज्य संरचना सुधारतर्फ तीव्र कदम
    Politics
    ३ एजेन्डाको प्रतिबद्धता: एक पूरा, दुई कार्यान्वयनमा — राज्य संरचना सुधारतर्फ तीव्र कदम

    सागर ढकालले तीन वर्षअघि उठाएका तीन एजेन्डामध्ये एक पूरा भइसकेको र दुई कार्यान्वयनको चरणमा रहेको बताएका छन्। राष्ट्रपतिद्वारा अध्यादेश पारित भएपछि करिब १,५९४ पद रिक्त भई अब योग्यता आधारित नियुक्तिको अवसर आएको उनले उल्लेख गरेका छन्। देश सुधारका लागि कठोर निर्णय आवश्यक रहेको र दीर्घकालमा यसले सकारात्मक परिणाम दिने विश्वास व्यक्त गरिएको छ।

    KCKebal Chhetri
    •
    May 2, 2026
    120
    0
    Ad
    Welcome to Brightwood Adult Day Care