Bhutan Khabar Logo
HomeLatestAbout
Sign InSubscribe
Bhutan Khabar Logo

Bhutan Khabar

Land of the Thunder Dragon

Your trusted source for authentic news and stories from Bhutanese diaspora. Committed to delivering accurate, timely, and culturally relevant journalism.

Quick Links

Latest NewsCultureEnvironmentLocal BusinessLocal News Nepal NewsAbout Us

Services

SubscribeAdvertise With UsContact UsLoginSearch

Contact

Bhutan Khabar

Online

+7174567890
news@bhutankhabar.com

Daily Newsletter

© 2026 Bhutan Khabar. All rights reserved. Designed and developed by GorkhaTech
About UsSettingsDashboardLatest News
    Back to News
    NewsARTICLE

    कागजातविहीन भुटानी शरणार्थीको पहिचान र सङ्कट

    "शरणार्थी हुनु आफैँमा एउटा ठूलो अभिशाप र दुःख हो, तर शरणार्थी नै भएर पनि शरणार्थीको कागजात र पहिचान नहुनु त्योभन्दा पनि ठूलो सजाय हो।"

    KC

    Kebal Chhetri

    Writer at Bhutan Khabar

    September 19, 2026
    3 min read
    52 views
    0 likes
    0 comments
    कागजातविहीन भुटानी शरणार्थीको पहिचान र सङ्कट
    Ad
    Derry shopping center

    कागजातविहीन भुटानी शरणार्थीको पहिचान र सङ्कट

    "शरणार्थी हुनु आफैँमा एउटा ठूलो अभिशाप र दुःख हो, तर शरणार्थी नै भएर पनि शरणार्थीको कागजात र पहिचान नहुनु त्योभन्दा पनि ठूलो सजाय हो।"

    भुटानबाट विस्थापित भई लामो समयदेखि शिविरमा बस्दै आएका वास्तविक भुटानी शरणार्थीहरू अहिले आधिकारिक परिचयपत्र (Refugee ID) नहुँदा आफ्नै शिविरमा पहिचानविहीन बन्न बाध्य छन्। एकातिर नक्कली शरणार्थी बनेर सुविधा लिने र तेस्रो देश पुनर्वास हुनेहरू सफल भइरहँदा, अर्कोतिर वर्षौंदेखि दुःख भोग्दै आएका वास्तविक शरणार्थीहरू भने कानुनी पहिचानबाट समेत वञ्चित हुनु अत्यन्तै विडम्बनापूर्ण छ।

    कागजातविहीन शरणार्थीहरूले भोग्नुपरेका मुख्य समस्याहरू:

    मिश्रित विवाहको कानुनी जटिलता: परिवारका सदस्यहरूबिच शरणार्थी कागजात फरक-फरक वा अस्पष्ट हुँदा बलियो कानुनी परिचयपत्र बन्न सकेको छैन।

    अत्यावश्यक दर्ता र सेवासुविधाबाट वञ्चित: आधिकारिक कागजात नहुँदा विवाह दर्ता (Marriage Certificate), मृत्यु दर्ता (Death Certificate) र स्वास्थ्य कार्ड (Health Card) जस्ता न्यूनतम सुविधा पाउन सकिएको छैन।

    नवीकरण र तथ्याङ्क सङ्कलनमा छुटेकाहरू (Non-entry / CA / New Entry ): जीवनयापनका लागि शिविरबाहिर मजदुरी गर्न गएका वा कुनै कारणले सम्पर्कविहीन भएका शरणार्थीहरूको तथ्याङ्क नवीकरण नहुँदा उनीहरू पूर्ण रूपमा कागजातविहीन बनेका छन्।

    पारिवारिक विच्छेद र अलपत्र अवस्था: परिवारका अन्य सदस्यहरू तेस्रो देश पुनर्वास भइसके पनि कागजात अभावकै कारण धेरै वास्तविक शरणार्थीहरू शिविरमै अलपत्र पर्न बाध्य छन्।

    नक्कली र वास्तविक शरणार्थीबिचको विभेद: नक्कली कागजात बनाउनेहरूले अवसर पाउने तर भुटानको यातना र दुःख भोगेर आएका वास्तविक शरणार्थीहरू भने पहिचानविहीन भई कष्टकर जीवन बिताउनुपर्ने बाध्यता छ।

    सम्बन्धित निकाय, नेपाल सरकार र संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायोग (UNHCR) सँग मुख्य माग:

    १. नक्कली शरणार्थीको छानबिन: नक्कली शरणार्थीहरूलाई सूक्ष्म अध्ययन र निष्पक्ष छानबिन गरी तत्काल छुट्याउनुपर्ने।

    २. नयाँ परिचयपत्र वितरण: छुटेका, मिश्रित विवाह भएका र कागजातविहीन बनेका वास्तविक भुटानी शरणार्थीहरूलाई पहिचान गरी तत्काल नयाँ तथा आधिकारिक शरणार्थी परिचयपत्र (Refugee ID) उपलब्ध गराउनुपर्ने।

    Ad
    Golden Home Care

    Golden Home Care

    We believe families make the best caregivers Providing care and assistance within the familiar environment of one's residence offers a sense of comfort and security for individuals in need of support.

    Learn More

    Comments (0)

    You need to be logged in to comment

    Login to Comment

    No comments yet. Be the first to comment!

    Related Articles

    जन्मदिनको खुसीलाई सेवामा बदलेर बाढीपीडित १२८ परिवारलाई राहत
    Culture
    जन्मदिनको खुसीलाई सेवामा बदलेर बाढीपीडित १२८ परिवारलाई राहत

    शर्माले भन्नुभयो, “हामी शरणार्थी हुँदा नेपालले नै हामीलाई शरण दिएको थियो। हाम्रा पुर्खालाई नेपालले आश्रय दिएको इतिहास हामीले बिर्सेका छैनौँ। हाम्रो मन, भावना, भाषा र सम्बन्ध नेपालसँग जोडिएको छ। नेपाल र नेपालीलाई परेको दुःख हामीलाई पनि परेको दुःख हो। त्यसैले यस्तो बेला हामीले सकेको सहयोग गर्न पछि हट्दैनौँ।”

    KCKebal Chhetri
    •
    Sep 20, 2026
    52
    0
    निर्दोष कोख र शरणार्थीको ट्याग: भुटानी शरणार्थी बालबालिकाको दर्दनाक यथार्थ
    Nepal News
    निर्दोष कोख र शरणार्थीको ट्याग: भुटानी शरणार्थी बालबालिकाको दर्दनाक यथार्थ

    "बालअधिकारसम्बन्धी महासन्धि (CRC) ले भन्छ— 'बालबालिका कुनै देश वा सीमाका मात्र हुँदैनन्, उनीहरू साझा हुन्।' तर विडम्बना, हाम्रो कोखबाट जन्मिएका निर्दोष बालबालिकाहरू सोझै शरणार्थी बनेर जन्मन बाध्य छन्।"

    KCKebal Chhetri
    •
    Sep 20, 2026
    31
    0
    यहाँ पहिले फोन गरेर सोध्नुपर्छ, “तिमी कहिले free छौ?” अनि calendar हेरेर जवाफ आउँछ, “सायद अर्को Saturday।” तर मनको पीडाले Saturday पर्खन्छ भन्ने कहाँ छ र?
    Nepal NewsFeatured
    यहाँ पहिले फोन गरेर सोध्नुपर्छ, “तिमी कहिले free छौ?” अनि calendar हेरेर जवाफ आउँछ, “सायद अर्को Saturday।” तर मनको पीडाले Saturday पर्खन्छ भन्ने कहाँ छ र?
    KCKebal Chhetri
    •
    Sep 6, 2026
    321
    0
    Love Is a Choice: Choose Honesty, Respect and Loyalty
    NewsFeatured
    Love Is a Choice: Choose Honesty, Respect and Loyalty
    KCKebal Chhetri
    •
    Sep 6, 2026
    222
    0
    $2,000 Raised by Harrisburg Gurkhas Volleyball Club for Nepal Disaster Relief
    Nepal NewsFeatured
    $2,000 Raised by Harrisburg Gurkhas Volleyball Club for Nepal Disaster Relief
    KCKebal Chhetri
    •
    Sep 6, 2026
    46
    0
        ह्यारिसबर्गमा ‘सङ्गालो’ सम्पन्न नयाँ पुस्ताले सुनाए पुर्खाको संघर्ष र विस्थापनका कथा
    Local News Featured
    ह्यारिसबर्गमा ‘सङ्गालो’ सम्पन्न नयाँ पुस्ताले सुनाए पुर्खाको संघर्ष र विस्थापनका कथा
    KCKebal Chhetri
    •
    Sep 5, 2026
    233
    0
    Ad
    Welcome to Brightwood Adult Day Care